लोअर ईर्खुवा हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2024 | 12:01:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल हाइड्रो पावर कम्पनी लि. (एन. एच. पि. सि) प्रमुख प्रवद्र्धक रहेको, लोअर इर्खूवा हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनकोलागी बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो ।

शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा लोअर इर्खुवा हाइड्रोपावरको तर्फबाट प्रबन्ध संचालक विश्वेश्वर सुबेदी तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

कम्पनीले आफ्नो जारी पूँजी रु.१ अर्व ३० करोड ५० लाखको २१.५ प्रतिशत अर्थात रु.१००÷— अंकित दरको २८,०५,७५ं० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्न लागेको हो । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात १३,०५,००० कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि र ११.५ प्रतिशत अर्थात १५,००,७५० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई जारी गर्ने जनाएको छ । 

लोअर इर्खुवा हाइड्रोपावर कम्पनीले निर्माण गर्दै रहेको, भोजपुर जिल्लामा अवस्थित, तल्लो ईर्खुवा जलविद्युत आयोजनाको निर्माणको काम अन्तिम चरण तिर पुगेको छ  । यो १४.१५ मेगावाट क्षमताको आयोजनाको सुरुङ्ग उत्खनन्, सिभिल निर्माण, इलेक्ट्रो मेकानिकल उपकरणहरुको खरिद, हाइड्रो मेकानिकल उपकरण्हरुको खरिद तथा निर्माण, तथा प्रसारण लाइनको ब्यवस्थापन भइसक्दा ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ । करीब २ अर्व उनान्सय करोडमा सम्पन्न हुने यस आयोजनाको लागि माछापुच्छ्रे बैंक लि. को अगुवाइमा नेपाल एस. बि. आइ बैंक लि. र ज्योति विकास बैंक लि. को सहवित्तियकरणमा ऋण सुविधा प्राप्त भइसकेकको छ । यो आयोजनाबाट यही आर्थिक वर्ष भित्र विद्युतको ब्यापारिक उत्पादन शुरु गर्ने लक्ष्य लिइएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved