कहिलेसम्म कायम शेयरधनीले पाउँछन् अरुण भ्याली हाइड्रोको हकप्रद ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2024 | 04:37:42 PM मा प्रकाशित

laxmi  sunrise bank

अरुण भ्याली हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ। कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि माघ १५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो  । यस संगै माघ १४ गतेसम कायम शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हक्र्प्रदमा आवेदन दिन सक्ने छन्  । 

कम्पनीले १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो। अब कम्पनीले १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

नेपाल धितोपत्र बोर्डले पुस १९ गते कम्पनीलाई हकप्रद निष्काशन अनुमति दिएको हो । कम्पनीले हकप्रद निष्काशन मिति भने तय गरेको छैन । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved