माउन्ट एभरेष्ट पावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2024 | 06:32:03 PM मा प्रकाशित

laxmi  sunrise bank

 माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेड लाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

यस सम्बन्धि सम्झौतामा  माउन्ट एभरेष्ट पावर डेभलपमेन्टका तर्फबाट अध्यक्ष अर्जुन प्रसाद पौडेल र एनआइएमबि एस क्यापिटलका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कम्पनीको साधारण शेयरहरु सार्वजनिक निष्काशन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यहरुमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको सेवा  एनआइएमबि एस क्यापिटलले प्रदान गरिनेछ । 

कम्पनीले  आफ्नो जारी पूँजीको ३० प्रतिशत हुन आउने २५,८०,००० कित्ता साधारण शेयरहरु आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा सर्वसाधारणहरुमा निष्काशन लागेको हो । कम्पनीले  दुधकुण्ड खोलाको पानी प्रयोग गरी १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माण गर्दै आईरहेको छ । सोलुखुम्बु जिल्लामा अवस्थित उक्त आयोजनाको निर्माण कार्य ८० प्रतिशत भन्दा बढी सम्पन्न भइसकेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved