सिंगटी हाईड्रोले फागुन २ देखि हकप्रद निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2024 | 08:36:27 AM मा प्रकाशित

laxmi  sunrise bank

सिंगटी हाईड्रो इनर्जी लिमिटेडले फागुन २ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले  १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले पुस २१ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । हकप्रदमा फागुन २२ गतेसम्म आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पुस ११ गते हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।  अन्य जलविद्युत आयोजनामा लगानी गर्न तथा कम्पनीको ऋण चुक्ता गर्न हकप्रद निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved