बरुण इन्भेष्टमेन्टले माग्यो आईपीओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2024 | 02:37:51 PM मा प्रकाशित

laxmi  sunrise bank

बरुण इन्भेष्टमेन्ट लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले प्रति शेयर १०० रुपैयाँ कै अंकित मूल्यमा २४ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति माग गरेको हो । कम्पनीले पुस २५ गते बोर्डमा आवेदन दिएको हो। 

शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ। वि.सं. २०७७ सालमा पब्लिक कम्पनीको रुपमा बरुण इन्भेष्टमेन्ट स्थापना भएको हो । 

 यस कम्पनीमा एस.जि. ग्रुप मुख्य लगानीकर्ताको रुपमा रहेको छ । बरुaण इन्भेष्टमेन्ट लि. ले  बझाङ्ग स्थित कलंगा हाईड्रो लि. (१५.३३ मेगावाट), सानीगाड हाईड्रो लि. (३८.४७ मेगावाट)  र बुङगल हाईड्रो लि. (१०.७० मेगावाट) गरी ३ हाईड्रो कम्पनीमा कुल ६४.४९ मेगावाट विद्युतशक्ति उत्पादन गर्ने गरी मुख्य लगानीकर्ता कम्पनीको रुपमा रहेको छ । हालै बरुण इन्भेष्टमेन्ट लि.ले संखुवा खोलामा हाईड्रो प्रवद्र्धन र गुराँस हाईड्रो प्रा.लि. (४१.०६ मेगावाट) मा पनि लगानी गर्ने प्रतिबद्धता जनाएको छ । 

 बरुण इन्भेष्टमेन्टले भविष्यमा अरु पनि थप हाईड्रो पावर, होटेल, कृषि लगायतका क्षेत्रमा पनि लगानी गर्ने तयारी गरेको एस.जि.गु्रपका अध्यक्ष तथा कम्पनीका संस्थापक अध्यक्ष शिव प्रसाद घिमिरे बताउँछन् । बरुण इन्भेष्टमेन्ट लि. मा मुख्य लगानिकर्ताका रुपमा रहेको एस.जि गु्रपको एल.पि.जि. ग्यास बोटलिङ्ग, पेट्रोलियम पदार्थ वितरण, अटोमोबाईल, चिया प्रशोधन, निर्माण व्यवसाय, बैकिङ्ग लगायत विभिन्न क्षेत्रमा लगानी रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved