राप्ती हाइड्रोले हकप्रद निष्काशन गर्न चयन गर्यो बिक्री प्रबन्धक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2024 | 09:05:58 AM मा प्रकाशित

laxmi  sunrise bank

 राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो  । 

कम्पनीले १:१ अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने तयारी गरेको छ । जस अनुसार कम्पनीले ६१ लाख २७ हजार ९ सय ३८ कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ। 

कम्पनीको भदौ २९ गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो।  विद्युत नियमन आयोगले स्वीकृति दिएपछि, कम्पनीको साधारणसभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved