माघ २८ देखि नयाँ म्युचुअल फण्डको इकाई निष्काशन गर्दै कुमारी क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2024 | 08:48:39 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी क्यापिटलले माघ २८ गतेबाट कुमारी सबाल योजना नामक सामुहिक लगानी कोष योजनाको इकाईहरु निष्काशन गर्दै छ । क्यापिटलले कुमारी म्युचुअल फण्ड अन्तर्गत संचालन हुने कुमारी सबल योजना नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गर्न लागेको हो । 

यस योजनाको आकार १ अर्ब  रहेको छ ।  क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले फण्डको १० करोड इकाई निष्काशन गर्न लागेको हो ।  जस मध्ये १ करोड ४० लाख इकाई कोष प्रबर्दक कुमारी बैंकलाई छुट्याईएको छ। बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम १ करोड कित्ताको लागि दिन सकिने छ । यस इकाईमा  छिटोमा फागुन २ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा फागुन १३ गतेसम्ममा आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । यस म्युचुअल फण्डको अवधि १० वर्ष रहेको छ ।

हाल क्यापिटलले कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजना नामक बन्दमुखी योजना र 'कुमारी सुनौलो योजना' नामक खुलामुखी योजना संचालन गरिरहेको छ । 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved