कालंगा हाईड्रोको आईपीओ नबिके ज्योति क्यापिटलले किन्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2024 | 03:12:52 PM मा प्रकाशित

laxmi  sunrise bank

कालंगा हाईड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गर्ने आईपीओको प्रत्यभूति ज्योति क्यापिटलले गरेको छ । बिहिबार क्यापिटल र हाइड्रोपावर कम्पनीबीच शेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । 

सम्झौतामा  ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल, र कालंगा हाईड्रो लिमिटेडको तर्फबाट सञ्चालक तिर्थराज चटौतले  हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार कालंगा हाईड्रोले निष्काशन गर्ने शेयर पूर्ण रुपमा बिक्री नभएमा बिक्री नभएको शेयर ज्योति क्यापिटलले खरिद गर्ने छ ।

कालंगा हाईड्रो लिमिटेडले सर्वसाधारणका लागि  प्रति शेयर अङ्कित मूल्य रु. १००÷– का दरले कुल ने.रु. ४९,००,००,०००÷– (अक्षरेपी उन्नचास करोड रुपैयाँ मात्र) बराबरको ४९,००,००० थान साधारण शेयर मध्ये ३४,९०,००,०००÷–(अक्षरेपी चौतीस करोड नब्बे लाख रुपैंया मात्र) बराबरको ३४,९०,०००÷–थान साधारण शेयर निष्काशन गर्न लागेको हो।

ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुंजी २१ करोड रहेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved