अन्तिम मिनेटमा टेलिकममा सर्किट लागेपछि दोहोरो अंकले बढ्यो शेयरबजार, एचआरएलको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2024 | 03:19:32 PM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १४.५७ अंकले बढेर २०७६.२७ को बिन्दुमा पुगेर रोकिएको हो 

अन्तिम मिनेटमा नेपाल टेलिकमको शेयर मूल्य १० प्रतिशतले बढेपछि नेप्से सूचक पनि दोहोरो अंकले बढेको हो । ३ बजेर ५९ मिनेटसम्म नेप्से सूचक २०६४ को बिन्दुमा रहेकोमा अन्तिम मिनेटमा नेपाल टेलिकममा पोजेटिभ सर्किट लागेपछि समग्र सूचक थप १२ अंकले बढेको हो 

आज कारोबारमा आएका ३१० कम्पनीका ७४ लाख ९१ हजार ३ सय ३ कित्ता शेयर खरिदबिक्रीबाट २ अर्ब ४३ करोड ८० लाख ५८ हजार २ सय ५४ रुपैयाँ ५६ पैसाको कारोबार भएको छ । जस मध्ये हिमालयन रिइन्स्योरेन्स (एचआरएल)को सर्वाधिक १८ करोड ५९ लाखको कारोबार भएको छ भने ङादी ग्रुप पावरको शेयर मूल्य १५ करोड ४६ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये नेपाल टेलिकम र पिपुल्स पावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने समाज लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशत बढेको छ । त्यस्तै जोशी हाइड्रोको शेयर मूल्य ९.९६ प्रतिशत तथा गुराँस लघुवित्त ७.९६ प्रतिशत बढेको छ ।

आज कारोबारमा आएका मध्ये स्वाभिमान लाघुबितातको शेयर मूल्य सर्वाधिक ६.७८ प्रतिशत, विशाल बजार कम्पनीको शेयर मूल्य ५.३६ प्रतिशत तथा चन्द्रागिरी हिल्सको शेयर मूल्य ३.८३ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, र निर्जीवन बीमा समुहको सूचक घटेको छ । जस मध्ये होटेल समुह सर्वाधिक ०.२० प्रतिशत घटेको छ । आज नेपाल टेलिकम समावेश अन्य समुह सर्वाधिक ४.६८ प्रतिशत बढेको छ।

आज कारोबारमा आएका मध्ये १४८ कम्पनीको मूल्य बढेको छ भने ८६ कम्पनीको मूल्य घटेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved