रिलायबल क्यापिटलले पीएमएस सेवाको लागि इन्फोडेभलपर्सको सफ्टवेयर प्रयोग गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2024 | 08:52:52 AM मा प्रकाशित

laxmi  sunrise bank

रिलयबल लाइफ इन्स्योरेन्स कम्पनी बैंकिङ सेवा प्रदान गर्ने उदेश्य सहित रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यपिटल लिमिटेड  सन्चालनमा ल्याएको छ।  रिलायबल इन्भेष्टमेन्टले धितोपत्रको नियामक निकाय नेपाल धितोपत्र बोर्डले तोकेको कार्य क्षेत्र भित्र रहेर विभिन्न सेवा प्रदान गर्नेछ।

 रिलायबल इन्भेष्टमेन्ट हालै लगानी व्यवस्थापन सेवा प्रदान गर्नको लागि प्रविधि क्षेत्रको कम्पनीको इन्फोडेभलपर्ससँग सम्झौता गरेको छ ।लगानी व्यवस्थापन सेवा आधुनिक र लगानीकर्ता मैत्री बनाउन  इन्फोडेभलपर्ससँग  सम्झौता गरिएको र अब क्यपिटलले लगानीकर्तालाई समयनुकुल प्रविधी प्रयोग गर्दै सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ।

कार्यक्रममा क्यापिटलका सहायक जेनरल म्यानेजर दीपेन्द्र कडरियाले सफ्टवेयरको प्रयोगले लगानीकर्ता सँगै क्यापिटलको पनि समय र झन्झट कम हुने र कार्यक्षमता पनि बढ्नेमा क्यापिटल विश्वास्त रहेको बताए। कार्यक्रममा क्यापिटलका सहायक म्यानेजर माधव पोख्रेल सँगै अन्य कर्मचारीहरुको पनि सहभागिता रहेको थियो।

सम्झौताका क्रममा इन्फोडेभलपर्सका प्रडक बजार व्यवस्थापक  सौरभ गिरीले सफ्टवेयरको मद्दतले क्यपिटलले लगानीकर्तालाई दिने सेवा आधुनिक र गुणस्तरीय हुने साथै समय सापेक्ष हुने जानकारी गराए। इन्फोडेभलपर्सको लगानी व्यवस्थापन प्रडकका ओनर गणेश खत्रीका अनुसार नेपाली शेयर बजार अनुसार रहेको लगानी ब्यवस्थापन गर्ने सफ्टवेयरबाट क्यापिटलले आफ्नो लगानीकर्तामा उचतम सेवा-सुबिधा प्रदान गर्ने साथै आफ्नो लगानीको जानकारी लगानीकर्ताले सहजै लिन सक्ने उल्लेख गरे।

नेपाली वित्तिय बजारमा नविन्तम प्रविधि प्रयोग गर्दै आफ्ना सेवा विकास र विस्तार गरिरहेको इन्फोडेभलपर्सले विगत १ दशक भन्दा लामो समयदेखि क्यापिटलहरुलाई लगानी ब्यवस्थापन सम्बन्धी सफ्टवेयर प्रदान गर्दै आइरहेको छ। त्यस्तै आगामी दिनमा म्युचल फन्ड र डिम्याट सन्चालन सम्बन्धी सफ्टवेयर पनि छिट्टै नै ल्याउन लागेको जनाएको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved