आज पनि हिमालयन रिइन्स्योरेन्सको उच्च कारोबार, ५ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2024 | 03:14:44 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार शेयरबजार परिसूचक सामान्य बढेको छ । आज नेप्से सूचक ४.९२ अंकले बढेर २०९०.६४ को बिन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबारमा आएका ३१३ कम्पनीका ७७ लाख ३२ हजार २ सय ३४ कित्ता शेयर खरिद बिक्रीबाट २ अर्ब ८४ करोड २५ लाख ५० हजार २ सय ३७ रुपैयाँ ४७ पैसाको कारोबार भएको छ । जस मध्ये हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक २४ करोड ८२ लाखको कारोबार भएको छ भने रिलायबल लाइफ इन्स्योरेन्सको ६ करोड ६२ करोडको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये गुराँस लघुवित्त, समाज लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रो, र इस्टर्न हाइड्रोको शेयर मूल्य १० प्रतिशत बढेको छ भने एशियन हाइड्रोको शेयर मूल्य ९.९९ प्रतिशत बढेको छ । आज कारोबारमा आएका मध्ये एनसीसी बैंकको ऋणपत्रको मूल्य सर्वाधिक ५.२५ प्रतिशत बढेको छ भने युनाईटेड इन्स्योरेन्स अजोड़को शेयर मूल्य ४.८७ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये १६८ कम्पनीको मूल्य बढेको छ भने ६८ कम्पनीको मूल्य घटेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved