आज पनि फाइनान्स समुहमा लगानीकर्ताको आकर्षण, सुर्यज्योति लाइफको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2024 | 03:17:27 PM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार शेयर बजार परिसूचक नेप्से बढेको छ । आज नेप्से सूचक ९.१९ अंकले बढेर २०३६.०१ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका ३१५ कम्पनीका ९७ लाख ८९ हजार ४ सय १६ कित्ता शेयर खरिद बिक्रीबाट ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९ सय ८९ रुपैयाँ ११ पैसाको कारोबार भएको छ । जस मध्ये सुर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक १८ करोड ८ लाखको कारोबार भएको छ भने गोर्खाज फाइनान्सको १६ करोड ५ लाख, हिमालयन रिइन्स्योरेन्सको १५ करोड ४५ लाख तथा नेपाल फाइनान्सको १५ करोड ३६ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये जानकी फाइनान्सको शेयर मुल्य सर्वाधिक १० प्रतिशत बढेको छ भने नेपाल फाइनान्स र पोखरा फाइनान्सको शेयर मूल्य समान ९.९९ प्रतिशत बढेको छ । त्यस्तै इमार्जिंग नेपाल लिमिटेडको शेयर मूल्य ८.४५ प्रतिशत बढेको छ । 

आज कारोबारमा आएका मध्ये विन नेपाल लाघुबितातको शेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ । त्यस्तै महुली लघुवित्तको शेयर मूल्य ५.३३ प्रतिशत तथा सबैको लघुवित्त र समता घरेलु लघुवित्तको शेयर मूल्य समान ४.४२ प्रतिशत घटेको छ । 

आज कारोबारमा आएका समुहगत सूचक मध्ये होटेल तथा टुरिजम, उत्पादन तथा प्रशोधन र लघुवित्त बाहेकका सबै समुहगत सुचक बढेका छन् । जस मध्ये फाइनान्स समुह सर्वाधिक २.७९ प्रतिशत बढेको छ ।

आज कारोबारमा आएका मध्ये १५० कम्पनीको शेयर मूल्य बढेको छ भने ८६ कम्पनीको शेयर मूल्य घटेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved