१ अर्ब २१ करोड मुनाफा गरेको सिटिजन बैंकको लाभांश क्षमता कती ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 23, 2017 | 02:31:09 PM मा प्रकाशित

laxmi  sunrise bank

गत आर्थिक बर्ष १ अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको सिटिजन बैंकको लाभांश क्षमता कति होला ? नेपाल राष्ट्र बैंकले दिएको समय अवधिसम्म बैंकको चुक्ता पुंजी ६ अर्ब ९२ करोड पुगेको छ। यस आधारमा ८ अर्ब चुक्ता पुंजी पुर्याउन बैंकले १ अर्ब ८ करोड पुंजी थप्नु पर्नेछ। 

त्यसो त बैंकले करिब १५ प्रतिशत बोनस सेयर दिएर चुक्ता पुंजी ८ अर्ब सहजै पुर्याउन सक्ने अवस्थामा छ। बैंकले गत आर्थिक बर्ष १ अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ भने बैंकको जगेडा कोष रकम २ अर्ब ५२ करोड रुपैयाँ रहेको छ। 

त्यस्तै सिटिजन बैंकले बिक्री गरेको ५५ र २५ प्रतिशत हकप्रदमा अवितरित सेयर लिलाम बढाबढ मार्फत बिक्री गर्दा बैंकलाई करिब ५५ करोड ४५ लाख रुपैयाँ आर्जन भएको छ।        

अर्कोतर्फ बैंकसंग गत आर्थिक बर्षको खुद मुनाफाबाट ८० प्रतिशत रकम बोनसका लागि बाड्न सक्ने हैसियत छ। बैंकले सार्वजनिक गरेको गत आर्थिक बर्षको वित्तीय विवरण र अघिल्लो आर्थिक बर्षको रिटेंन अरनिङ ४ करोड ७७ लाख रुपैयाँलाई आधार मान्दा बैंकले करिब २५ प्रतिशत बोनस सेयर दिन सक्ने देखिन्छ।  बैंकले सम्भवत: गत आर्थिक बर्षको कमाईबाट १६ प्रतिशत बोनस सेयर र नगद लाभांश गरि करिब १९ प्रतिशत लाभांश दिने सक्नेछ।

चौथो त्रैमासमा २८ बाणिज्य बैंकहरु मध्य कसको कमाई कति होला ? (प्रक्षेपण रिपोर्ट)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved