पुर्णिमा बिकास बैंकको हकप्रद भर्ने आज अन्तिम दिन, कहाँबाट दिने आबेदन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 24, 2017 | 07:54:29 AM मा प्रकाशित

laxmi  sunrise bank

पुर्णिमा बिकास बैंकले असार १९ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । बैंकले ४ बराबर १ अर्थात २५ प्रतिशतका दरले असार १९ देखि साउन २२ गतेसम्मका लागि हकप्रद बिक्री खुला गरेको हो। 

बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार ९ सय ६२ दशमलब ८२ कित्ता हकप्रद बिक्रीमा राखेको हो। २५ प्रतिशत हकप्रदका लागि बैंकले जेठ १५ का लागि बुक क्लोज गरेकाले जेठ १४ गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन।

जेठ १४ सम्म कायम इच्छुक सेयरधनीहरुले बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल नारायणचौर, नक्साल, काठमाडौं र सिद्दार्थ बैंकको देशभरीका शाखा कार्यालय तथा पुर्णिमा बिकास बैंकको भैरहवा, रुपन्देही लगायत सम्पूर्ण शाखा कार्यालय मार्फत आबेदन फारम प्राप्त गरि हकप्रद भर्न सक्नेछन।    

२५ प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ४४ करोड ४ लाख पुग्नेछ। नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ५० करोड पुर्याउन बैंकले ५ करोड ९६ लाख बराबरको पुंजी थप गर्नुपर्नेछ। यसका लागि बैंकले गत आर्थिक बर्षको कमाईबाट न्युनतम १४ प्रतिशत बोनस सेयर वितरण गर्नुपर्ने हुन्छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved