कमजोर ठानिएको रुसको उत्कृष्ट प्रदर्शन, १ खेल अगावै दोस्रो चरण नजिक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 20, 2018 | 09:24:49 AM मा प्रकाशित

laxmi  sunrise bank

बिश्वकप सुरु हुनु भन्दा अगाडी सबै भन्दा कमजोर मानिएको आयोजक रुस दोस्रो चरण नजिक पुगेको छ । समुह चरणको सुरुवाती दुइ खेल जित्दै रुसले दोस्रो चरण प्रवेश गर्ने बलियो आधार बनाएको छ । पहिलो खेलमा साउदी अरेबिया माथि ५-० को शानदार जित निकालेको रुसले दोस्रो खेलमा इजिप्टलाई ३-१ गोल अन्तरले पराजित गर्यो ।  

मोहम्मद सलाहको टोली इजिप्टले रुसी खेलाडीले हेड गरेको बल रोक्ने प्रयासमा ४७ औँ मिनेटमा आत्मघाती गोल खाएको थियो।   रुसका लागि अन्य २ गोल डेनिस चेरीसेभ र एरटेम ज्युबाले गरे । 

काँधमा चोट लागेका सलाह पहिलो पटक मंगलवारको खेलमा सहभागी थिए। उनले पेनाल्टीमार्फत एक गोल हाने पनि त्यो सान्त्वना गोल मात्रै बन्न पुग्यो।

बुधवार हुने खेलमा साउदी अरेबियाले युरुग्वेलाई पराजित गर्न सकेन भने रुस दोस्रो चरणमा प्रवेश गर्नेछ भने इजिप्ट प्रतियोगिताबाट बाहिरिनेछ।



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved