२ पटक मात्र बिश्वकप जितेको उरुग्वेको जर्सीमा ४ स्टार किन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 06, 2018 | 11:20:35 AM मा प्रकाशित

laxmi  sunrise bank

बिश्वकप फुटबलको सर्बाधिक सफल टोली हो ब्राजिल । ब्राजिलले हालसम्म ५ पटक बिश्वकपको उपाधि जितेको छ । बिश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिश्वकप जितेका टोलीलाई जति पटक बिश्वकप जितेको छ त्यहि नै संख्याको स्टार आफ्नो जर्सीमा राख्न अनुमति दिएको हुन्छ । बिश्वकप् जित्ने हरेक टोलीको आफ्नो लोगो माथि बिश्वकप जितेको संख्याको आधारमा स्टार हुन्छ । यसले टोलीको सफलता देखाऊछ । यसै अनुसार ब्राजिलको ५ स्टार छ भने ४ पटक बिश्वकप जितेका इटाली र जर्मनीको समान ४-४ स्टार छ ।

सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ हालसम्म २ पटक मात्र बिश्वकप जितेको उरुग्वेको जर्सीमा पनि ४ स्टार छ । कसरि यस्तो भयो ? उरुग्वेले फिफाको नियम मिचेको हो त् ? या फिफाले युरुग्वेप्रति उदारता देखाएको हो ? यी दुवै होईन । उरुग्वेको जर्सीमा ४ स्टार हुनुको पछाडी एक रोचक प्रसङ्ग छ ।

उरुग्वेले पहिलो पटक सन् १९३० र दोस्रो पटक १९५० मा बिश्वकप जितेको थियो । १९३० को प्रतियोगिता पहिलो बिश्वकप थियो । तर उरुग्वे बिश्वकप प्रतियोगिता सुरु हुनु भन्दा अगाडी नै २ पटक बिश्व च्याम्पियन बनिसकेको थियो । बिश्वकप सुरु हुनु भन्दा अगाडी नै भएको प्रतियोगितालाई बिश्वकपको मान्यता किन त् ? 

बिश्वकप सुरु हुनु अगाडी युरुग्वेले २ पटका ओलम्पिक गेम्स जितेको थियो । त्यो प्रतियोगितालाई फिफाले 'फिफा वल्ड च्याम्पियनसिप' को मान्यता दिएको थियो । यसै च्याम्पियनसिप अन्तर्गत उरुग्वे १९२४ र १९२८ मा बिजयी भएको थियो । फिफा कै नियममा रहेर फिफा कै प्रत्यक्ष संलग्नतामा प्रतियोगिता भएको कारणले नै फिफाले यसलाई पनि बिश्वकप सरहको मान्यता दिएको हो । यहि कारण २ पटक मात्र बिश्वकप जितेको युरुग्वेले जर्सीमा ४ स्टार राख्ने सौभाग्य पाएको छ । 

तर पछि ओलम्पिकसंग विवाद भयो , फिफा आफै आर्थिक रुपमा सक्षम हुदै गएपछि आफैले बिश्वकप आयोजना गर्ने निर्णय गरेको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved