केएल टावरमा दशैँको बहार, हरेक दिन उपहारै उपहार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 28, 2016 | 06:24:35 PM मा प्रकाशित

laxmi  sunrise bank

चाबहिलको चुच्चेपाटीमा रहेको केएल टावरले दशैं तथातिहारलाई लक्षितगर्दै उपहार योजना सुरु गरेको छ । रमाइलो दसैँ–तिहार नाम दिइएको योजनामा ग्राहकले प्रत्येक दिन कुनै न कुनै किसिमको उपहार पाउने छन् । त्यसै गरी उपहार योजनामा सहभागि ग्राहकले साप्ताहिक तथा बम्पर उपहारमा टेलिभिजन वासिंग मेशिनदेखि मोटरसाइकलसम्म उपहार पाउने छन् । 


दशैंमा केही नयाँ वस्तु तथा सेवा खरिद गर्ने आम उपभोक्ताको मनसायलाई प्रोत्साहन दिदै  मलको व्यवशाय प्रवद्र्धनका लागि यो योजना ल्याइएको केएल टावरले जनाएको छ । उपहार कार्यक्रमका संयोजक हिरामणी तिमल्सिनाका अनुसार केएल टावरमा सामान खरिद गर्ने उपभोक्ताले  कुपन मार्फत उपहार प्राप्त गर्नेछन् ।


जस अनुसार दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, जेडटिईका स्मार्टफोन, फुडकोर्टको लन्च कुपन लगायत रहेका छन् भने साप्ताहिक रूपमा मलले टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, फ्रिज लगायतका घरायसी सामान उपलब्ध गराउने तिमल्सिनाले बताए । यसका साथै साप्ताहिक उपहार कार्यक्रममा ग्रिनविच कम्पनीको टाइमेक्स घडी तथा ५ हजार रुपैयाँँ बराबरको सपिङ भौचर पनि ग्राहकले पाउने छन् । 


उपहार योजनाको बम्पर उपहारमा टिभिएसको अपाचे आरटिआर मोटरसाइकल, टिभिएसकै जेस्ट स्कुटर तथा बैंकक भ्रमणको अवसर ग्राहकले पाउने छन् । ५० वटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा सिनेमाहल, बालबालिका र युवाकालागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुमलगायतका दैनिक प्रयोगमा आउने सबै प्रकारका सामान खरिद गर्न सकिने मलमा १ हजार रुपैयाँ बराबरको खरिदमा ग्राहकले एउटा उपहार कुपन प्राप्त गर्ने छन् । सोही कुपनका आधारमा गोला प्रथा द्वारा उपहार विजेता चयन गरिनेछ । असोज १० गते सुरु भएको कार्यक्रम कात्तिक २७ गतेसम्म चल्ने छ टावरले जनाएको छ ।
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved