दशैँको अवसरमा नेपाल टेलिकमको अफरै अफर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 29, 2016 | 03:20:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालीहरुको महान चाड दशैको अवसरमा नेपाल टेलिकमले आफ्नो विभिन्न सेवामा छुटको घोषणा गरेको छ । नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आफ्ना सेवाहरुमा   छुट प्रदान गर्ने भएको हो । 

के के मा कति छुट ?

१. डाटा अफर
  जीएसएम तथा सीडीएमएका प्रिपेड तथा पोष्टपेडका ग्राहकहरुलाई दशैं, तिहार तथा छठको उपलक्ष्यमा डाटा अफर प्रदान गरी त्यसमा निःशुल्क भ्वाइस तथा एसएमएस समेत उपलब्ध गराउने व्यवस्था गरेको छ ।

सो अनुसार आगामी असोज १५ देखि २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म १०० एमबीको डाटा रु. ५०।– मा र २५० एमबीको डाटा रु. १००।– मा उपलब्ध गराइने छ । १०० एमबी डाटाको अवधि ५ दिन सम्म र २५० एमबी डाटाको अवधि १० दिनसम्म रहने छ । सो अवधिमा डाटा प्रयोगकर्ताले क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन पनि सक्ने छन् ।

२. नाइट डाटा अफर
जीएसएम तथा सीडीएमए दुवैमा नाइट डाटा अफर पनि उपलब्ध गराइने छ । सो अनुसार राती १० बजे देखि बिहान ६ बजेसम्म रु. ४०।– मा ५०० एमबी र रु. ८५।– मा १२०० एमबी डाटा प्रयोग गर्न सकिने छ । यी डाटा भोल्युमको अवधि क्रमशः ७ दिन र १५ दिन हुनेछ । नाइट डाटा अफर आगामी असोज १५ देखि ३ महिना सम्म उपलब्ध गराइने छ ।

३. भ्वाइस कलमा छुट
जीएसएम तथा सीडीएमए मोबाइल सेवा मार्फत कम्पनीकै नेटवर्क भित्र हुने कलमा विद्यमान महसुल दरमा १० प्रतिशत छुट उपलब्ध गराइएको छ । सो अनुसार प्रिपेड मोबाइलबाट प्रति मिनेट रु. १।३५ र पोष्टपेड मोबाइलबाट प्रति मिनेट ९० पैसामा कल गर्न सकिने छ । उक्त छुट आगामी असोज २२ देखि असोज २९ गते सम्म र कात्तिक १४ देखि २१ गतेसम्म उपलब्ध गराइने छ ।

४. एसएमएस अफर
हाल जीएसएम तथा सीडीएमए मोबाइल सेवामा प्रति एसएमएस शुल्क रु. १।– भएकोमा आगामी असोज २२ देखि २९ गतेसम्म र कात्तिक १४ देखि २१ गतेसम्म प्रत्येक एसएमएसमा ५० प्रतिशत छुट उपलब्ध गराइने छ ।

५. स्थानीय टेलिफोनमा थप १०० कल निःशुल्क
कम्पनीबाट वितरण गरिएको स्थानीय टेलिफोन सेवा (PSTN/CDMA C-Phone ) मा रु. २००।– मा १७५ कल निःशुल्क उपलब्ध गराई आएकोमा २०७३ असोज र कात्तिक महिनाको मासिक महसुल रु. २००।– मा थप १०० लोकल कल उपलब्त्र गराइने छ । सो अनुसार अब असोज र कात्तिक महिनामा १७५ मा १०० कल थप गरी २७५ लोकल गर्न सकिने छ ।

६. ADSL/WiMAX/FTTH सेवामा Validity थप गर्ने
दशैं, तिहार तथा छठको समयमा Validity सकिने Volume Based तथा Unlimited ADSL का ग्राहकहरुलाई समय थप गरिने छ । WiMAX तथा FTTH ग्राहकहरुको हकमा Data Volume बाँकी भएको तर Validity सकिएको खण्डमा समय थप गरिने छ । सो अनुसार दशैंको समयमा असोज २२ देखि असोज २८ सम्म Validity सकिने ग्राहकको अवधि असोज २९ गतेसम्म र तिहार तथा छठको समयमा कात्तिक १४ देखि कात्तिक २० गतेसम्म Validity सकिने ग्राहकको अवधि कात्तिक २१ गतेसम्म थप गरिने छ ।

७. जीएसएम प्रिपेड तथा सीडीएमए प्रिपेडमा MPoS (Pinless) System बाट रु.१००।( र सो भन्दा माथिको दरको Recharge गर्दा १० प्रतिशत Talk Time बोनस उपलब्ध गराइने छ ।

टेलिकमले माथि उल्लिखित महसुल दरहरुमा नेपाल सरकारको नियमानुसार लाग्ने कर समावेश नगरिएको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved