हरियो भएर बन्द भयो तिब्र उतार चढाव देखिएको बजार, साताभर ११० अंकले बढ्यो नेप्से

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 24, 2017 | 01:01:13 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाचौ तथा अन्तिम दिन बुधबार बजार परिसूचक नेप्से ६ अंकले घटेको छ भने अघिल्लो दिनको तुलनामा कारोबार रकममा गिरावट आएको छ । तिब्र उतार चढाव देखिएको बिहीबारको बजार ४.९६ अंकले बढेर १४८६.०४  को अंकको उचाईमा पुगेर बन्द भएको  छ ।

 बिहिबार कारोबारमा आएका कुल १४३ कम्पनीका २०  लाख ६५  हजार कित्ता शेयर खरिद बिक्रिबाट कुल १ अर्ब  १६ लाख ८५ हजार ४  सय १७  रुपियाँको कारोबार भएको छ ।  आजको कारोबारमा सानिमा बैंकको ५ करोड रुपैयाँको कारोबार भएको छ। आज अन्य बढी कारोबार हुनेमा नेपाल बंगलादेश बैंक, नेपाल क्रेडिट एण्ड कर्मश, नेशनल लाइफ इन्स्योरेन्स लगायतका छन।

 आज कारोबारमा आएका  सूचक मध्ये होटेल र अन्य समुह बाहेकका सूचक बढेका छन्  । 

आज बढी कमाउनेमा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनि, मिथिला लघुवित्त विकास बैंक, आईएलएफसीओ माइक्रोफाइनान्स, गुडविल फाइनान्स, अपि हाइड्रो लगायतका छन्  । आज ८ कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ  ।

आज गुमाउनेमा सिन्धु विकास बैंक, रिलायबाल माइक्रो फाइनान्स, ललितपुर फाइनान्स, माउन्ट अकालु डेभलपमेन्ट बैंकका लगानीकर्ता छन्   । 

यो साता भर नेप्से सूचक ११० अंकले बढेको छ  । 

खरिदकर्ताले घटेपछि किन्न खोज्ने र बिक्रेताले मूल्य बढे बेच्न खोज्नाले बजारमा तिब्र उतार चढाव देखिएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved