भारतबाट फर्किए उपेन्द्र यादव, प्रधानमन्त्रीसंग बिशेष वार्ता हुदै, आजै निकाश निस्कने सम्भावना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 24, 2017 | 01:40:20 AM मा प्रकाशित

laxmi  sunrise bank

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा संघीय गठवन्धनका अध्यक्ष उपेन्द्र यादव स्वदेश फर्किएका छन् । यादव आफ्नो भारत भ्रमण पुरा गरी नेपाल फर्केका हुन् ।  

यादव फर्किएपछि आज नै शिर्ष तहमा सरकार-मोर्चाबिच वार्ता हुने भएको छ  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज नै ६ दिने चीन भ्रमणमा जादै छन्  ।  चीन भ्रमणमा जानु अघि नै मोर्चासंग संविधान संशोधन, स्थानिय चुनाव लगायतका बिषयमा सहमति जुटाउन प्रधानमन्त्री सक्रिय भएका हुन्  ।  

यसै अनुरुप प्रधानमन्त्रीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेताहरूलाई भेटेर छलफल गर्दै छन्।  आज साँझ ५ बजे बालुवाटारमा हुने छलफलमा सहमति जुट्ने स्रोतले बताएको छ  ।

सीमांकन बाहेकका बिषयमा संविधान संसोधन गर्न बिपक्षी एमाले पनि लचक भएको तर मोर्चाले पनि चुनावमा भाग लिने सुनिश्चितता खोजेको छ । स्रोतका अनुसार तीन महिनाभित्रै सीमांकन सहितका सबै विवादित विषय टुँगो लगाउने गरी सहमति हुन् सक्ने छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved