थापा र निधिको बरियता विवादबिच प्रधानमन्त्रीले लगाए कार्यबाहकको टुंगो !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 24, 2017 | 02:45:18 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा ३ जना उपप्रधानमन्त्री छन् । कमल थापा, बिमलेन्द्र निधि र कृष्ण बहादुर महरा अहिलेका सरकारका उपप्रधानमन्त्री हुन् । यी मध्ये पछिल्लो समय थापा र निधिबिच को सिनियर भन्नेबारे विवाद चलिरहेको छ ।

थापा केहि समय अघि मात्र सरकारमा गएका हुन् । आफु प्रधानमन्त्रीपछि पहिलो बरियतामा रहेको थापाले दाबी गर्दै आएका छन् । उता निधि भारत भ्रमण गएका बेला प्रधानमन्त्रीले थापालाई आफुपछिको पहिलो बरियता दिएको चर्चा चल्दा कांग्रेस रुष्ट बनेको थियो । निधि भारतमा हुँदा बसेको मन्त्रिपरिषद्को बैठकमा निधि बस्ने कुर्सिमा थापा बसेकाले विवाद समेत भएको थियो । यी दुईको बरियताको विवाद नसुल्झिदा पछिल्लो समय मन्त्रिपरिषद बैठक समेत बसेको छैन । थापा र निधि दुवैले आफु सिनियर भएको दाबी गर्दै आएका छन् । आज नै प्रधानमन्त्री ६ दिने चीन भ्रमणको लागि जाँदै छन् । प्रधानमन्त्रीको अनुपस्थितिमा आफुले कार्यबाहक पाउनु पर्ने निधि र थापा दुबैको दाबी छ । यहि कारण अन्तिम समयमा पनि कार्यबाहकको टुंगो लाग्न सकको छैन ।

थापा र निधिको दाबीको फाइदा भने अर्का उपप्रधानमन्त्री कृष्ण बहादुर महराले पाउने देखिएको छ । निधि र थापा मध्ये एकलाई कार्यबाहक दिँदा अर्को रुष्ट हुने भएकाले प्रधानमन्त्रीले महरालाई कार्यबाहकको जिम्मेवारी सुम्पने तयारी गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार विवादमा फस्नु भन्दा आफ्ना बिश्वास पात्र समेत रहेका र आफ्नै पार्टीका महरालाई प्रधानमन्त्रीले कार्यबाहक सुम्पने भएका हुन् ।

 निधि र थापाभन्दा महरा यस अघि नै नेपालको उपप्रधानमन्त्री बनिसकेकोले उनलाई नै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पने सोचमा प्रधानमन्त्री रहेका छन् ।

यद्यपि यस बिषयमा छलफल गर्न आज नै मन्त्रिपरिषद्को बैठक डाकिएकाले औपचारिक निर्णय भने आउन बाँकि छ । बैठकले प्रधानमन्त्रीको चीन भ्रमण अनुमोदन गर्नुका साथै कार्यबाहक समेत तोक्ने छ ।

 प्रधानमन्त्री दाहाल आज राति ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीनतर्फ उड्नेछन् । बोआओ फोरमको सम्मेलनमा भाग लिन चीन जान लागेका प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ, उपप्रधानमन्त्रीस्तरका नेता झाङ गाओलीलगायतसँग भेटवार्ता गर्ने बताइएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved