एमाले र मधेसी मोर्चासहितको शीर्ष दलहरुको बैठक सम्पन्न 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 24, 2017 | 08:19:46 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सरकारमा संलग्न कांग्रेस, माओवादी केन्द्र र राप्रपा, प्रमुख प्रतिपक्षी एमाले र मधेशी मोर्चा तथा गठबन्धनको संयुक्त बैठक बसेको छ ।

बिहीवार साझ बालुवाटामा बसेको बैठकमा संविधान संशोधन र स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको थियो।बैठकमा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनमा सिमाकंनको विषय पछि टुंगो लगाउने गरी अन्य विषयमा सहमति जुटाएर स्थानीय तहको निर्वाचनमा जुट्न आग्रह गरेका थिए।  

प्रधानमन्त्रीको उक्त प्रस्ताबमा दलहरु सकारात्मक देखिएका छन।  दलहरुबीच छलफल र सहमतिवाटै संविधान संशोधनको विषय टुंगो लगाउने समझदारी बनेको छ ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापा, एमाले नेताहरु वामदेव गौतम र सुवास नेम्वाङ, माओवादी केन्द्रका प्रवक्ता पंफा भुषाल र नेता मातृका यादव, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महत्तो, अनिल झा, महेन्द्र राय यादव लगायत सहभागी थिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved