७५ हजार म्यादी प्रहरीको लागि आवेदन खुल्यो, यसरी दिनुहोस् आवेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 24, 2017 | 09:50:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले स्थानीय तहको चुनावमा खटिने म्यादी प्रहरीको भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास बिभागले चुनावलाई आवश्यक पर्ने ७५ हजार म्यादी प्रहरीको लागि दरखास्त आह्वान गरेको हो । 

 १८ बर्ष पुरा भई ५४ बर्ष ननाघेका, कुनै फौजदारी अभियोग नलागेको, साधारण लेखपढ गर्न सक्ने, नेपाली नागरिकले दरखास्त दिन पाउने व्यवस्था गरिएको छ । दरखास्त दिन इच्छुक व्यक्तिले देशभरका सबै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सक्ने छन् ।

नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाण साथै भुपु आर्मी, प्रहरीले सेवा निवृत हुँदाको प्रमाणपत्रका साथ १० रुपैयाँको हुलाक टिकट टाँस फारम भरेर जिल्ला प्रहरी कार्यालयमा फारम बुझाउन सक्ने व्यवस्था गरिएको छ । यसरी खटिने म्यादी प्रहरीहरुले ५५ दिन काम गर्नु पर्नेछ भने नेपाल प्रहरीको जवानले पाए सरह सेवा सुविधाप्राप्त गर्ने छन्। 

हेर्नुस सूचना र फारम ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved