१५ जना सवार जीप कर्णालीमा खस्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2019 | 12:18:13 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो


हुम्लामा १५ जना सवार जीप दुर्घटना भएको छ । जीप सडकबाट कर्णाली नदीमा खसेको छ । खार्पुनाथ गाउँपालिकाको खार्पुनाथबाट याङ्चु जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप दुर्घटना भएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिए ।

घटनास्थल निकै अफ्ट्यारो स्थानमा भएकाले उद्वारमा समस्या हुने उनको भनाई छ । अहिले नेपाली सेनाको सानो हेलिकप्टरमार्फत ४/४ जनाका दरले १६ जना आर्मी र प्रहरी घटनास्थलमा पठाइएको छ ।

उनका अनुसार कर्णालीमा खसेको जीप र जीपमा सवार मानिस कहीकतै दखिएका छैनन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved