सरकारले नेवार समुदायको ‘किजा पूजा’को अवसरमा सार्वजनिब बिदा दिएको छ । मंगलबार भाइटीका नलगाएका नेवार समुदायले आज बुधबार लगाउँदैछन् । मंगलबार म्हः पूजा अर्थात् आत्मपूजा गरेका नेवार समुदायले बुधबार किजा पूजा अर्थात् भाइटीका लगाउदै छन् ।
नेवार समुदायले मंगलबार नेपाल सम्वतको नयाँ वर्ष भएकाले आज किजा पूजा मनाउन लागेका हुन् । कतिपयले भने नेपाल पञ्चांग निर्णायक समितिको निर्णयअनुसार मंगलबार नै किजा पूजा मनाएका छन् । नेवार समुदायको माग अनुसार किजा पूजाको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय यसअघि नै गरिसकेको छ ।