को पहिला बोल्ने भन्ने विवादले संसद बैठक स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2019 | 01:25:22 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभाको बैठकमा को पहिला बोल्ने भन्ने बिषयमा विवाद हुँदा मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। नेपाली कांग्रेसले  प्रधानमन्त्री भन्दा पहिला प्रमुख प्रतिपक्ष दलको नेता बोल्न पाउनुपर्ने माग गर्दै 'रोष्टम' घेराउ गरेपछि बैठक स्थगित भएको हो।

सभामुखल कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्नको लागि समय दिएपछि कांग्रेस सांसदहरुले नाराबाजी गर्दै 'रोष्टम' घेराउ  गर्न पुगेका हुन। सम्बोधनका लागि प्रधानमन्त्री केपी शर्मा ओली रोष्ट्रममा पुगेपनि कांग्रेस सांसदहरुको निरन्तरको नाराबाजीपछि सम्बोधन हुन सकेन ।   

सभामुखले प्रधानमन्त्रीलाई समय दिएको भन्दै कांग्रेस सांसदहरुले संसदीय गरिमा कायम गर्न माग गर्दै नाराबाजी गरिरहे । केही समयको नाराबाजीपछि सभामुखले बैठक बुधबारसम्मका लागि स्थगित भएको घोषणा गरे । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता देउवाले संचारकर्मीसंगको कुराकानीमा सधैं विपक्षी दलको नेतालाई बोल्न दिने अभ्यास भएको बताउँदै प्राथमिकता दिनुपर्ने धारणा राखे। 

उनले प्रधानमन्त्रीले बोल्ने नभइ जवाफ दिने हो भन्दै अन्तर्राष्ट्रिय अभ्यास पनि त्यस्तै भएको दाबी गरे । उनले भने, 'प्रधानमन्त्रीले बोल्ने होइन । जवाफ दिने हो । पहिले बोलिसकेपछि के बोल्ने मैले ? बोल्ने भए हिजो पनि बोल्थे नि, प्रधानमन्त्रीलाई सुनाउनु थियो आज । जहाँपनि विपक्षीले पहिले बोल्ने हो । जवाफ प्रधानमन्त्रीले दिने हो । सुरुमा कहाँ बोल्छन् ? ”


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved