अवकाश प्राप्त कर्मचारीलाई उपचार खर्च दिने व्यवस्था हटाउन निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2019 | 12:30:39 PM मा प्रकाशित

laxmi  sunrise bank

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अवकाश प्राप्त कर्मचारीहरुलाई उपचार खर्च दिने प्रावधान हटाउन निर्देशन दिएको छ । समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’बाट अवकाश प्राप्त कर्मचारीहरुलाई उपचार खर्च उपलब्ध गराउने प्रावधान तत्काल हटाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको हो । 

गलत नजिर स्थापित गराउने गरी आएको प्रावधान तत्काल हटाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन् । समितिले कर्मचारीहरुको संख्या नबढाउन तर सेवा, सुविधा थप गर्न सरकारलाई सचेत गराएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved