विषादीयुक्त तरकारीका गाडी नाकामै जलाउने चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2019 | 02:33:53 PM मा प्रकाशित

laxmi  sunrise bank

‘हाम्रो पार्टी नेपाल’ले विषादीयुक्त भारतीय तरकारी बोकेका गाडी सीमा नाकामै जलाइदिने चेतावनी दिएको छ । राजधानीको संवाद चौतारीमा पत्रकार सम्मेलन गरी पार्टीको नीति कार्यक्रम तथा सरकारसँगको मागपत्र सार्वजनिक गर्दै उक्त पार्टीले विषादीयुक्त तरकारी लोड भएका भारतीय चेकजाँच नगरी नेपाल भित्र्याउने निर्णय फीर्ता नलिए नाकामै जलाउने चेतावनी दिएको हो । 

हाम्रो पार्टी नेपालका अध्यक्ष गोविन्द बोहोराले भारतबाट आयात हुने तरकारीको सिमानाका विषदी परीक्षण हुनुपर्ने बताए ।

उक्त पार्टीले प्रत्यक्ष निर्वाचित राष्टपतीय निर्वाचन प्रणाली सहित हिन्दु राज्य आफूहरुको नारा भएको बताएको छ । अध्यक्ष बोहोराले एनसेल र चौधरी ग्रुप जस्ता कम्पनीमा कार्यरत मजदुरका लागी पचास प्रतिशत सेयर स्वामित्वका लागि आफ्नो पार्टीले आन्दोलन सुरु गर्ने बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved