बनेपामा सिरिन्ज हान्ने पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2019 | 12:09:05 PM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेको बनेपामा सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन् । बनेपाको चारदोबाटोबाट सोमबार दिउँसो खगेन्द्र प्रसाद पाठकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए । 

उनी स्याङ्जा निवासी रहेको र लोकसेवा आयोगको परीक्षा तयारीका क्रममा काभ्रेमा बस्दै आएको खुलेको छ।  उनीमाथि स्थानीयले सिरिन्ज आक्रमणमा संलग्न रहेको भन्दै प्रहरीमा उजुरी दिएका थिए। उनलाई कारबाहीको माग गर्दै स्थानीयले प्रहरी कार्यालय घेराउ गरेका छन् । पाठकले आफुले सिरिन्ज नहानेको बताएका छन् । प्रहरीले उनी माथि अनुसन्धान थालेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved