प्रस्तावित राजदूतले महाभारत र चुरे पहाड काट्ने योजना सुनाएपछि............

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2019 | 12:12:34 PM मा प्रकाशित

laxmi  sunrise bank

बंगलादेशका लागि प्रस्तावित राजदूत वंशीधर मिश्रले नेपालको महाभारत र चुरे पहाड काट्ने योजना सुनाएपछि सांसद नै अचम्मित भएका छन् । उनले संसदीय सुनुवाई विशेष समितिका आफ्नो सुनुवाई क्रममा सांसदहरु सामु नेपालका यी दुई पहाड काटेर ढुंगा र माटो बंगलादेशमा बेच्ने योजना सुनाएका हुन् ।

समितिमा उनले ‘एक प्रयास तीन लाभ’ भन्ने आफ्नो अवधारण प्रस्तुत गर्दै महाभारत शृङखला काट्ने, चुरेमा रहेका बस्तीलाई सार्ने र त्यो ढुङ्गा बंगलादेशलाई बेच्ने योजना सुनाएका हुन् । 

तर समितिका सदस्यले अपरिपक्व योजना रहेको भन्दै आलोचना गरेपछि उनले आफ्नो योजना फीर्ता लिए । सांसदशरु दिलेन्द्र प्रसाद बडु, सुरेन्द्र पाण्डे र भिमसेनदास प्रदानले अपरिपक्व र सरकारले नसोचेको योजना सुनाएको भन्दै आलोचना गरेपछि उनले फीर्ता लिए ।  ‘चुरे महाभारत श्रृङ्खला काट्ने र ढुङ्गा बंगलादेशलाई बेच्ने योजना सरकारको छैन, मैले विज्ञहरुको रायका आधारमा राखेको हुँ । तर, यहाँ कुरा सुन्दा अहिले यो अपरिपक्व रहेछ भन्ने बुझेँ र यो नउठाउने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु’ मिश्रले भने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved