बालिका बलात्कार गर्ने २ जनालाई १२ वर्ष कैद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2019 | 06:16:25 AM मा प्रकाशित

laxmi  sunrise bank

दाङ देउखुरी जिल्ला अदालत दाङले सामूहिक बलात्कारको मुद्दामा दोषी ठहर गर्दै दुईलाई १२÷१२ वर्ष कैद फैसला गरेको छ । अदालतका न्यायाधीश हेमन्त रावतको इजलासले तुलसीपुर उपमहानगरपालिका–३ का २७ वर्षीय इन्द्रबहादुर थापा र सोही ठाउँका ३१ वर्षीय थम्मन भन्ने गुरुप्रसाद पुनलाई १२÷१२ वर्ष कैद फैसला सुनाएको हो ।

उनीहरुलाई १४ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरेको ठहर गर्दै १२÷१२ वर्ष कैद र पीडितलाई दुवैबाट रु ५०÷५० हजार क्षतिपूर्ति भराउने फैसला भएको । विसं २०७१ असार २३ गते बालिकालाई बलात्कार गरी सोही दिनदेखि दुवै फरार थिए । फरार दुवैलाई विसं २०७५ पुस १८ गते प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved