नारायणगढ- बुटवल खण्डमा सडक दस्तुर बढ्यो, बाइकलाई कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2019 | 06:41:07 AM मा प्रकाशित

laxmi  sunrise bank

असार २४ गतेदेखि लागु हुने गरी सवारीसाधन धनीले नारायणगढ- बुटवल सडक खण्डमा  बढी सडक दस्तुर तिर्नु पर्ने भएको छ। सडक बोर्डले २४ गते मध्यरातदेखि लागु हुने गरी सडक दस्तुर बढाएको हो ।

अब यस सडक खण्डमा भारी सवारी साधन (बस, मिनिबस, ट्रक, मिनीट्रक र हेभी मशिनरी)ले १३० रुपैयाँ तिर्नु पर्ने छ । त्यस्तै हलुका सवारी साधन ( कार, जिप, पिकअप, भ्यान, र ट्रयाकटर) ले ६० रुपैयाँ तिर्नु पर्ने छ । तिनपांग्रे टेम्पो र मोटरसाइकलले १० रुपैयाँ तिर्नु पर्ने छ ।

चैत १४ गते बसेको मन्त्रिपरिषदको बैठकले साना र ठूला गाडीले सडक प्रयोग गरे वापत तिर्नुपर्ने दस्तुर वृद्धि गरेको थियो । यस सडक खण्डमा सोहि दस्तुर असार २४ गतेदेखि लागु हुने भएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved