कडा शर्त भएका २ परियोजना बनाउदै नेपाल, अमेरिकाले दियो ५० करोड डलर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2019 | 05:12:49 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेशन एमएमसी कार्यक्रम अनतर्गत नेपालले २ वटा परियोजना बनाउने भएको छ । मिलेनियम च्यालेन्ज कम्प्याक्ट सम्झौता अन्तर्गत एमसीए नेपालले यी आयोजना अगाडी बढाउन लागेको हो ।

जस अनुसार नेपालले चार सय केभी क्षमताको ३१८ किमि लामोप्रसारण लाइन एवं तीन वटा उच्च क्षमतायुक्त सब–स्टेशन निर्माणमा मूल रूपमा केन्द्रित विद्युत् प्रसारण आयोजना निर्माण गर्ने छ  । त्यस्तै दोस्रो परियोजनाको रुपमा बढीमा तीन सय किमि रणनैतिक सडकको मर्मतसम्भार कार्यमा मूल रूपमा केन्द्रित सडक मर्मतसम्भार आयोजना अगाडी बढाउने छ ।

एमसीएस नेपालले यी आयोजनालाई आगामी असार १६ गतेदेखि कार्यन्वयनमा लैजाने बताएको छ । एमसीएसका कार्यकारी निर्देशक खड्ग बहादुर बिष्टले एमसीसीको शर्त अनुसार यी आयोजना ५ बर्ष भित्र नै सम्पन्न गरि सक्नु पर्ने जानकारी दिए । यदि ५ बर्ष भित्र आयोजना सम्पन्न नगरे यस वापत आएको रकम फिर्ता जाने समेत उनले बताए । 

यस कम्प्याक्ट कार्यक्रमका लागि एमसीसीले ५० करोड अमेरिकी डलर तथा नेपाल सरकारले १३ करोड अमेरिकी डलर उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । आयोजनाको लागि एमसीसीले कडा शर्तहरु समेत राखेको छ । आयोजना ५ बर्ष भित्रसक्नु पर्ने बाहेक अन्य ६  शर्त पनि राखिएको छ  । 

यस्ता छन् शर्त : 

१. विद्युत्प्रसारण आयोजनालाईराष्ट्रिय गौरवकोआयोजनाका रूपमा घोषणा;

२. विद्यतु नियमन आयोगको गठनका लागि कानुनी बाटो खुलाउनु;

३. कम्प्याक्ट सम्झौताको संसदीय अनुमोदन;

४. आयोजना कार्यान्वयन सम्झौतामा हस्ताक्षर;

५. नेपालको बुटवलबाट भारतको गोरखपुरसम्म सीमापार प्रसारण लाइन निर्माणका लागि भारत सरकारसँगको सहमतिमा योजना तर्जुमा;

६. वातावरणीय प्रभाव मूल्याङ्कनको स्वीकृति तथा जग्गा अधिग्रहण एवं रुख कटानीका सन्दर्भमा पर्याप्त प्रगतिसहित सबै आयोजना निर्माण क्षेत्रमा पहुँच ।

यी मध्ये सुरुको २ वटा शर्त मात्र पुरा भएको एमसीसी नेपालले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved