भक्तपूरमा एउटा बसले ३ गाडीलाई ठक्कर दियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2019 | 11:00:08 AM मा प्रकाशित

laxmi  sunrise bank

भक्तपूरको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर आकाशे पुलमुनि एक बसले अन्य तीन बसलाई ठक्कर दिँदा १६ जना घाइते भएका छन् । काठमाडौंबाट सिन्धुली हिडेको बा ४ ख ५७९४ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको बा ३ ख ७०९३, बा ५ ख ४०२९ र ना ६ ख ७१८५ नम्बरको तीनवटा बसलाई ठक्कर दिँदा दुर्घटना भएको हो । 

घाइतेमध्ये १३ जनालाई उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर र तीन जनालाई मध्यपुर अस्पतालमा राखिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार चारवटै सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ठक्कर दिने बस चालक  सिन्धुली गोलानचोर गापा– ६ घर भई हाल काठमाडौं ताहचल बस्ने ३० वर्षीय दीपकराज ठकुरीलाई भने महानगरीय प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved