भूकम्प प्रभावित क्षेत्रमा ५ दिनसम्म फोन र एसएमएस निशुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2023 | 02:15:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्रमा निशुल्क फोन कल तथा एसएमएस सेवा प्रदान गर्ने भएको छ । टेलिकमले रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा ५ दिनको लागि निशुल्क सेवा प्रदान गर्ने भएको हो । 

टेलिकमका अनुसार  सूचना आदान-प्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहेका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकहरूलाई ५ दिनको अवधिका लागि निःशुल्क भ्वाइस  तथा एसएमएस सेवा उपलब्ध गराइएको छ । यसका अतिरिक्त उक्त क्षेत्रमा ५ दिनको अवधिका लागि निःशुल्क भ्वाइस  तथा एसएमएस  सेवा सहितको निःशुल्क सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ । टेलिकमका अनुसार उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुनेछ । उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क Namaste WiFi सेवा उपलब्ध गराइनेछ ।

हाल भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु रहेको टेलिकमले जनाएको छ । यस विषम परिस्थितिमा नेपाल टेलिकम आफ्नो कर्तव्य बोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवाहरुलाई नियमित रुपमा सुचारु राख्ने प्रतिबद्धता समेत टेलिकमले व्यक्त गरेको छ।

कम्पनीका सेवा सम्बन्धी समन्वयका लागि निम्न बमोजिम कर्मचारीहरुसलाई सम्पर्क गर्न सकिने टेलिकमले जनाएको छ  ।

प्रकाशचन्द्र सिग्देल ९८५१०२१७४०

जनक डाँगी ९८५११०९९५५

ओम प्रकाश ढकाल ९८५१३४७८७०

गए राति गएको शक्तिशाली भूकम्पमा दिवंगत भएकाहरु प्रति टेलिकमले हार्दिक श्रद्धाञ्जली तथा चीर शान्तिको कामना गरेको छ। साथै शोक सन्तप्त परिवार प्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved