वर्ल्डलिंकलाई ‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2023 | 01:13:53 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले डिजिटल ट्रान्सफर्मेसन अवार्ड प्राप्त गरेको छ । एसियन–ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसिओ)ले दक्षिण कोरियाको सियोलमा आयोजित कार्यक्रममा कम्पनीलाई उक्त अवार्ड प्रदान गरेको हो ।

एसोसिओका अध्यक्ष ब्रेन सेनले मंगलबार उक्त अवार्ड वर्ल्डलिंकका निर्देशक लक्ष्मण यादवलाई प्रदान गरेका हुन् । 

देशका दुर्गम क्षेत्रमा उच्च गतिको इन्टरनेट पुर्‍याउन पूर्वाधार विकास गरी देशको डिजिटल रूपान्तरणमा योगदान पुर्‍याएको भन्दै कम्पनीलाई यो अवार्ड प्रदान गरिएको हो । 

यो अवार्ड हरेक वर्ष एसोसिओको सदस्य रहेको देशको सेवा प्रदायकलाई प्रदान गरिन्छ । वर्ल्डलिंकले यसअघि सन् २०१८ मा समेत एसोसियोको इन्टरनेसनल आउटस्ट्यान्डिङ युजर अर्गनाइजेसन अवार्ड पाएको थियो ।

नेपाल भरीका ८ लाखभन्दा बढी घरधुरीलाई इन्टरनेट सेवामा जोड्न सफल वर्ल्डलिंकको सेवा देशका हिमाली, पहाडी र तराई क्षेत्रसम्म फैलिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved