डिशहोम मेगास्टारलाई १० लाखको पुरस्कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2023 | 04:11:01 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार, सिजनकै मेगा स्टार’ योजनाअन्तर्गत आगामी हप्ता मेगास्टार घोषणा हुने भएको छ ।

आगामी ११ मंसिरमा लक्की ‘ड्र मार्फत’ डिशहोम मेगा स्टारको छनौट हुने डिशहोमले जानकारी दिएको छ  । गत असोज १ देखि मंसिर ११ गते मध्याह्न १२ बजेसम्म डिशहोम रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरु उक्त योजनामा सहभागी हुन सक्नेछन् । यस अभियानका बम्पर विजयी ग्राहक सिजनकै मेगास्टार बनी नगद १० लाख, मिडियामा फेमश र सेलिब्रेटी झैं जीवनशैलीको अनुभव गर्ने मौका पाउने डिशहोमले जनाएको छ ।

यसअघि हरेक हप्ता सुपरस्टार योजनाअन्र्तगत एक लाख जित्ने डिशहोमका ९ भाग्यशाली ग्राहकको घोषणा गरि सकिएको कम्पनीको भनाई छ । यो योजनाको अन्तिममा मेगास्टार बन्नेले १० लाख रुपैपाँ पाउने कम्पनीले जानकारी दिएको छ ।

मंसिर ११ गतेसम्म डिटिएच रिचार्ज तथा नयाँ कनेक्सन जडान गरी योजनामा सहभागी हुन मिशहोमले भनेको छ ।  डिशहोम मेगास्टारको लक्की ड्र छनोटको प्रत्यक्ष प्रसारण ईमेज च्यानल, डिशहोम शोकेश, रमाइलो टिभी, सरोकार टिभी,  र डिशहोमको आधिकारीक फेसबुक पेजमा साँझ ५ बजे गरिने बताइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved