डिशहोम फाइबरनेटको सान्दार १२ महिने अफर सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2023 | 04:27:47 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोम फाइबरनेट कम्पनीले आकर्षक छुटसहित हालै ईन्टरनेटका विभिन्न वार्षिक योजनाहरु सार्वजनिक गरेको गरेको छ । यस् अफर अन्तर्गत अब नयाँ ग्राहकले ५० एमबीपीएसको वार्षिक प्याकेज मात्र ६ हजार ६८५ (भ्याट बाहेक) मा जडान गर्न सकिने भएको छ ।

साथै ग्राहकले वार्षिक प्याकेज जडान गर्दा फाईभ–जी ९डुअल ब्यान्ड० राउटर पनि सितैमा पाउने कम्पनीले जनाएको छ ।  यस् अघि यही ५० एमबीपीएसको वार्षिक प्याकेजको मुल्य ७ हजार ७९९ रुपैयाँ पर्ने गर्दथ्यो । 

यो सान्दार १२ महिने योजना अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३ सय एमबीपीएस सम्मका प्याकेजहरु जडान गर्न सक्ने डिशहोमले जनाएको छ । 

जसमा ग्राहकहरुले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएस सम्मको वार्षिक प्याकेज जडान गर्दा फाईभ–जी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउने डिशहोमले जनाएको छ ।

त्यस्तै कम्पनीले यस् अघि जारी गरेको फेस्टिभ २४ महिने अफरलाई भने निरन्तरता दिने जनाएको छ । ५० एमबीपीएसको २४ महिने अफरको मुल्य रु १० हजार ४९९रुपैयाँ (भ्याट बाहेक) पर्ने रहेको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved