BREAKING: एनसेल बेचेर नेपालबाट बाहिरिने एक्जियटाको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2023 | 12:43:38 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसेलको माउ कम्पनीको रुपमा रहेको मलेसियन दूरसञ्चार कम्पनी एक्जियटाले नेपालबाट लगानी झिक्ने निर्णय गरेको छ । एक्जियटाको संचालक समितिको बैठकले एनसेल बिक्री गरेर नेपालबाट बाहिरिने निर्णय गरेको हो

एक्जियटाले यस निर्णयबारे स्थानीय नियामकलाई जानकारी गराईसकेको छ । नेपालको आर्थिक परिदृश्य दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएकोले नेपालबाट बाहिरिने निर्णय गरेको एक्जियटाले नियामकलाई भनेको छ । सोहि निर्णय अनुसार एनसेललाई बिक्रीमा राखेको कम्पनीले उल्लेख गरेको छ । नेपालबाट बाहिरिने निर्णयले एक्जियटालाई थप मजबुत बनाउने र दिर्घकालिन रुपमा लगानीकर्तालाई फाइदा हुने विश्वास कम्पनीले व्यक्त गरेको छ

८ वर्ष अगाडी एक्जियटाले टेलियासोनेराबाट एनसेलको स्वामित्व किनेको थियो। त्यसपछि पुंजीगत लाभकर विवाद हुँदा कम्पनीले अर्वौ कर समेत नेपाल सरकारलाई तिरेको थियो । एनसेलमा मलेसियाको एक्जियटाको  ८० प्रतिशत सेयर स्वामित्व छ। उसले पुरै स्वामित्व बिक्री गरेर नेपालबाट बाहिरिने निर्णय गरेको हो।   




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved