एनसेलको शेयर बिक्री प्रकरण: उच्च अदालतले दुवै पक्षलाई बोलायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2023 | 04:59:55 PM मा प्रकाशित

laxmi  sunrise bank

 एक्जियटाले एनसेलको शेयर बिक्री गरेर बाहिरिने भनी गरेको निर्णयमा  उच्च अदालत पाटनले कारण देखाउ आदेश जारी गरेको छ । एक्जियटाले एनसेलको शेयर बिक्री गरेर बाहिरिने निर्णय गरेपछि गोकुल बहादुर रोकायाले उच्च अदालतमा त्यस विरुद्द रिट दायर गरेका थिए 

रिट माथि सुनुवाई गर्दै न्यायधीश दीपेन्द्र अधिकारीको एकल इजलाशमा विपक्षीहरुको नाममा कारण देखाउ आदेश जारी गरेको हो । निवेदकले माग गरे बमोजिम आदेश जारी किन हुनु नपर्ने हो, कुनै आधार, प्रमाण र कारण भए १५ दिन भित्र पेश गर्न अदालतले भनेको हो ।

अदालतले यस विषयमा दुवै पक्षसँग छलफल गर्न उचित देखिने भएकोले मङ्सिर २५ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ। दुवै पक्षको छलफलपछि अदालतले रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्ने बारेको आदेश सुनाउने छ । 

गोकुल बहादुर रोकायाले  एक्जियटाले एनसेलको शेयर बिक्री गरेर बाहिरिने भनी गरेको निर्णय रोक्न माग गर्दै रिट दायर गरेका हुन्  । उनले आफ्नो रिटमा कम्पनी रजिस्टारको कार्यालय, नेपाल दुरसंचार प्राधिकरण , नेपाल धितोपत्र बोर्ड, सुचना तथा संचार प्रविधी मन्त्रालय,  एक्जियटा  लिमिटेड र युनिभेरा क्यापिटल भेन्चरलाई विपक्षी बनाईएको छ । एक्जियटाले बेच्ने भनिएको एनसेलको शेयर युनिभेरा क्यापिटल भेन्चरले खरिद गर्ने चर्चा छ । 

एनसेलको माउ कम्पनीको रुपमा रहेको मलेसियन दूरसञ्चार कम्पनी एक्जियटाले नेपालबाट लगानी झिक्ने निर्णय गरेको हो । एक्जियटाको संचालक समितिको बैठकले एनसेल बिक्री गरेर नेपालबाट बाहिरिने निर्णय गरेको हो।

एक्जियटाले यस निर्णयबारे स्थानीय नियामकलाई जानकारी गराईसकेको छ । नेपालको आर्थिक परिदृश्य दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएकोले नेपालबाट बाहिरिने निर्णय गरेको एक्जियटाले नियामकलाई भनेको छ । सोहि निर्णय अनुसार एनसेललाई बिक्रीमा राखेको कम्पनीले उल्लेख गरेको छ । नेपालबाट बाहिरिने निर्णयले एक्जियटालाई थप मजबुत बनाउने र दिर्घकालिन रुपमा लगानीकर्तालाई फाइदा हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved