२ महिना अगाडी मात्रै दर्ता भएको थियो कौडीको भाउमा एनसेल किन्ने कम्पनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2023 | 06:51:55 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसेलको ८० प्रतिशत शेयर स्वामित्व किनेको कम्पनी २ महिना अगाडी मात्र दर्ता भएको पाईएको छ । एनसेलको माउ कम्पनी एक्जियटाले एनसेलको ८० प्रतिशत शेयर स्वमित्व बेलायती कम्पनी  स्प्रेक्टलाइट युके लिमिटेडलाई बेचेको हो  

यो कम्पनी २ महिना अघि मात्र अर्थात् २६ सेप्टेम्बर २०२३ मा दर्ता भएको थियो  । यस कम्पनीमा एक संचालक र एक सचिव मात्र छन्  । संचालकको रुपमा सतिशलाल आचार्य छन्। कम्पनीको सम्पूर्ण शेयर सतिशलाल आचार्यसंगै रहेको छ।  अर्थात् एनसेलको ८० प्रतिशत शेयर आचार्यले नै खरिद गरेका हुन् । स्प्रेक्टलाइट युके लिमिटेड कम्पनीको चुक्ता पुंजी १ लाख डलर रहेको छ । यस कम्पनीको सचिवको रुपमा डेनटन्स सेक्रेटरिज लिमिटेड रहेको छ, जो अन्य १४१५ कम्पनीमा पनि सचिवको रुपमा छ ।

२ महिना मात्र अगाडी दर्ता भएको यस कम्पनीले ५० मिलियन डलरमा एनसेलको ८० प्रतिशत स्वामित्व किनेको हो । जुन नेपाली रुपैयाँ ६ अर्ब ६० करोड हुन आउँछ । एक्जियटाले सन् २०१६ मा एनसेलको ८० प्रतिशत शेयर स्वामित्व १ खर्ब ४३ अर्बमा किनेको थियो। अहिले भने सोहि शेयर कौडीको भाउ अर्थात् जम्मा ६ अर्ब ६० करोडमा बेचेको हो। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved