एनसेलको शेयर खरिद बिक्रीमा प्रधानमन्त्रीको चासो, ४ विषय अध्ययन गर्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2023 | 06:31:20 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसेलको शेयर बिक्रीका सम्बन्धमा प्रकाशित समाचारहरूप्रति प्रधानमन्‍त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ले गम्भीर चासो व्यक्त गरेका छन्। प्रधानमन्त्री प्रचण्डले यसबारे अध्ययन गर्न निर्देशन समेत दिइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

 यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको, शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपालको दूरसञ्‍चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिएका हुन्।

यस अघि संसदको लेखा समितिले पनि एनसेलको शेयर बिक्रीका सम्बन्धमा नेपालमा रहेका नियामक निकायलाई ९ प्रश्न सोध्दै जवाफ पेश गर्न निर्देशन दिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved