शेयर बिक्रीबारे आज दूरसञ्चार प्राधिकरणलाई जवाफ पठाउँदै एनसेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2023 | 12:26:49 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसेल आजियटा लिमिटेडले आज नेपाल दूरसञ्चारलाई जवाफ पठाउने भएको छ। एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा प्राधिकरणले सोधेको प्रश्नको जवाफ एनसेलले आज पठाउने भएको हो । 

प्राधिकरणले मङ्सिर १५ गते कम्पनीलाई एनसेलको होल्डिंग कम्पनीको शेयर बिक्री तथा हक हस्तान्तरण गर्न लागिएको भन्दै त्यसबारे प्रष्ट पार्न निर्देशन दिएको थियो। 

प्राधिकरणले दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (८) बमोजिम चुक्ता पुँजीको पाँच प्रतिशत भन्दा वढी शेयर खरिद वा विक्री गर्नु अघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था उल्लेख भएको र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तीको शेयर खरिद बिक्री ) विनियमावली, २०७६ को विनियम ४(क) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तीले आफ्ना शेयरधनीको शेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नु पर्ने व्यवस्था रहेकोले सो अनुरूप जानकारी दिन प्राधिकरणले निर्देशन दिएको थियो।

एनसेलको माउ कम्पनी आजियटाले एनसेलको ८० प्रतिशत शेयर स्वमित्व बेलायती कम्पनी  स्प्रेक्टलाइट युके लिमिटेडलाई बेचेको हो। रिनाल्ड होल्डिंग लिमिटेडको नाममा रहेको एनसेलको स्वामित्व बेलायती कम्पनी  स्प्रेक्टलाइट युके लिमिटेडलाई बेचिएको हो। यो कम्पनी २ महिना अघि मात्र अर्थात् २६ सेप्टेम्बर २०२३ मा दर्ता भएको थियो  । यस कम्पनीमा एक संचालक र एक सचिव मात्र छन्  । संचालकको रुपमा सतिशलाल आचार्य छन्। कम्पनीको सम्पूर्ण शेयर सतिशलाल आचार्यसंगै रहेको छ।  अ 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved