एनसेल खरिद बिक्रीबारे प्रधानमन्त्रीले गरे छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2023 | 06:37:35 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल खरिदबिक्रीबारे छलफल गरेका छन् ।प्रचण्डले आज  एनसेलको स्वामित्व खरिद बिक्रीका विषयमा सत्तारुढ दलहरु र सरकारका मन्त्रीहरुसँग छलफल गरेका हुन् ।

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो । छलफलमा पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ लगायत उपस्थित थिए ।

मलेसियाको कम्पनी आजियाटाले एनसेलको सेयर स्वामित्व बेलायतको कम्पनीलाई बिक्री गरेको हो । प्रधानमन्त्रीले यस अघि नै यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको, शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपालको दूरसञ्‍चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिइसकेका छन्।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved