इन–ड्राइभरको अवैध धन्दाबारे प्रशासनमा गुनासो, सीडीओ कार्यालयले प्रहरीलाई लेख्यो पत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2022 | 02:47:46 PM मा प्रकाशित

laxmi  sunrise bank

कुनै पनि निकायमा दर्ता नभई नेपालमा सञ्चालनको कुनै पनि प्रक्रिया पूरा नगरेको राइड सेयरिङ कम्पनी ‘इन–ड्राइइभर’का सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा गुनासो पुगेको छ । 

सुरक्षाका दृष्टिकोणले असुरक्षित रहेको, बीमा नभएको र राइडर (चालक)हरु जिम्मेवार नभएको विषयमा प्रशासनमा गुनासो पुगेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँकी सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी सुप्रभा खनाल ढुंगेलका अनुसार बिहीबार शुक्रबार तिर आएको गुनासोका विषयमा अनुसन्धान गर्न प्रहरीलाई भनिएको छ ।

यो पनिः
खुलेयाम अवैध धन्दा चलाउँदै ‘इन–ड्राइभर’, जोखिममा यात्रु

‘गुनासो आएको छ, यस विषयमा आवश्यक कारबाहीका लागि भनेर प्रहरीलाई लेखेर पठाएका छौँ,’ उनले भनिन् ।

इन–ड्राइभर अमेरिकी कम्पनी हो । यसले विगत केही महिनादेखि नेपालमा निर्वाध रुपमा ब्यापार गरिरहेको छ । तर, यो कम्पनी कुनै पनि आधिकारिक निकायमा दर्ता छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved