आज पनि संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2024 | 09:01:24 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार पनि प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक बिहान ११ बजे बोलाईएको छ ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको “विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यस अघि भने संसदको नियमित आकष्मिक समय, विशेष समय र सुन्य समयमा सांसदहरुले आफ्नो धारणा राख्ने छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved