महिला सशक्तीकरणका लागि ‘सक्षम नारी ४.०’ को समापन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2024 | 02:50:00 PM मा प्रकाशित

laxmi  sunrise bank

महिला सशक्तीकरण र उत्थानका लागि डीभी एजुकेशन ग्रुपले सञ्चालन गरेको ‘सक्षम नारी ४.०’ अभियानको शनिवार समापन गरिएको छ । मार्च २६ मा शुरू भएको अभियान सफल र उत्साहका साथ सम्पन्न भएको संस्थाले बताएको छ । विभिन्न पृष्ठभूमिका महिलालाई उनीहरूमा शीप र ज्ञान बढाउन सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको बताइएको छ । 

अभियानमा सुनगाभा नेपाल, साथी संस्था, एबीसी नेपाल, गेट संस्था, ल ढोका नारी घर, अपर्चुनिटी भिलेज नेपाल, फन प्ले लर्न संस्था र उन्नती फाउन्डेसन सक्षम नारी ४.० मा जोडिएका थिए । अभियानले महिलाको वृत्ति र विकासका लागि अवसर प्रदान गरेको बताइएको छ ।

अभियानअन्तर्गत डीभी एजुकेशनको शुभश्री कलेज अफ म्यानेजमेन्टले विभान्ता काठमाडौंसँगको साझेदारीमा पेस्ट्री र बेकरीमा कार्यशाला आयोजना गरेको थियो । त्यस्तै मेकअप र पर्सनल ग्रुमिङसम्बन्धी प्रशिक्षण सत्र आयोजना गरिएको थियो । ब्यूटी बार एण्ड एकेडेमीले महिलाहरूलाई आत्म–विश्वास र व्यावसायिक सीपमा सशक्तीकरण गरिएको बताइएको छ ।

सोही अवसरमा ट्रिटन सेकेन्डरी स्कुल तथा कलेजले राष्ट्रिय क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरसँगको सहकार्यमा प्राथमिक उपचारसम्बन्धी तालिम दिइएको थियो । 

ट्रिटन सेकेन्डरी स्कुलले सो अवसरमा मोन्टेश्वरी प्रशिक्षण तालिम प्रदान गरिएको छ । जसबाट प्रारम्भिक बाल्यकाल शिक्षा र भविष्यका पुस्ताहरूको पालनपोषणको महत्वलाई जोड दिइएको थियो । सोही अवसरमा शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीले धुलिखेल नगरपालिकासँग साझेदारीमा महिलाहरूलाई डिजिटल साक्षरता र उद्यमशीलता सशक्तीकरणसम्बन्धी कार्यशाला गोष्ठी गरेको थियो ।

अभियानको समापन समारोहमा प्रतिष्ठित व्यक्तिहरूको सहभागितामा ‘प्यानल डिस्कसन’ गरिएको थियो । छलफलमा ओहो केकका सीईओ सन्तोष पाण्डे, सुनगाभा नेपालका प्रबन्ध निर्देशक रेणुका मानन्धर, एनडीएम कर्पोरेट सोलुसनका परामर्शदाता निदा दून–मल्ल, मिस नेपाल २००० उषा खड्गी लगायत सहभागी थिए ।

डीभी ग्रुपका प्रबन्ध निर्देशक तरुणप्रताप शाहले नेपाली महिलाको आर्थिक शसक्तीकरणका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम गरेको बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved