सचिवहरुको ब्यापक सरुवा, को कहाँ पुगे ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2024 | 05:47:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले फेरी सचिवहरुको सरुवा गरेको छ। बिहिबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरुको सरुवा गरेको हो ।

अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सचिवहरुलाई पत्र दिने काम गरिरहेको छ । यद्यपि केही मन्त्रालयमा अझै पनि नाम टुंगो लाग्न बाँकि रहेको बताईएको छ । साथै अहिले सरुवा भएकाको हकमा पनि फेरबदल हुन सक्ने बताईन्छ ।

हेर्नुस् को कहाँ पुगे ?

 केशवकुमार शर्मा: भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट ऊर्जा आयोगमा

सरिता दवाडी: ऊर्जा आयोगबाट सिँचाइ सचिवको रुपमा  ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा 

गोपालप्रसाद सिग्देल: ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट  भौतिक पूर्वाधार मन्त्रालयमा 

मधुसुदन बुर्लाकोटी: उपराष्ट्रपति कार्यालयको सचिवबाट स्वास्थ्य मन्त्रालयमा 

 कृष्णबहादुर राउत: वित्त आयोगको सचिवबाट  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा 

 मुकुन्द निरौला: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट उपराष्ट्रपतिको कार्यालयको सचिव 

दिनेशकुमार घिमिरे: मधेश प्रदेशका प्रमुख सचिवबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव 

घनश्याम उपाध्याय: बागमती प्रदेश प्रमुख सचिवबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा

नारायणप्रसाद शर्मा दुवाडी: वाणिज्य सचिवबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा 

रविलाल पन्थ: युवा तथा खेलकुद मन्त्रालयबाट निर्वाचन आयोगमा 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved