'आर्थिक क्रान्ति र ठूला सपनाले भरिएको सहर सुत्नु हुदैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2024 | 04:55:53 PM मा प्रकाशित

laxmi  sunrise bank

२०८१ सालको पहिलो दिनबाट पर्यटकिय नगरी ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालिन २४ सै घन्टा व्यवसाय संचालन हुने भएको छ । ठमेल पर्यटन विकास परिषद र दरबारमार्ग विकास बोर्डले आज संयुक्त पत्रकार सम्मेलन गरेर यस बारे जानकारी दिएको हो ।

आर्थिक मन्दीको चपेटामा परेकोउद्योग व्यवसायलाई चलायमान बनाउन र शिथिल अवस्थामा रहेको आर्थिक कृयाकलापलाई चलाउमान बनाउन गृह मन्त्रालयबाट गृह मन्त्रीको सकृयतामा जिल्ला प्रशासन कार्यालय काठमाण्डौले बनाएको आचार संहिता बमोजिम कानूनको परिधि भित्र रहि दरबारमार्ग र ठमेल २४ सै घन्टा व्यवसाय संचालन आउन लागेको पत्रकार सम्मेलनमा जानकरी दिइएको छ।

यसले गर्दा सम साँझमै सुनसान हुने सडक तथा बजारमा रौनकता छाउने, समय र भौगोलिक प्रतिबद्धतामा वृदि परिषदले जनाएको छ। साथै सामाजिक र आर्थिक असमानताको न्यूनीकरणमा सहायक भई विश्वसनियतालाई कायम गर्न विश्वास लिएको परिषदले जनाएको छ । तर ठमेल भगवान बहाल क्षेत्र भित्रका व्यवसायीले २४ सै घन्टा व्यवसाय संचालन गराउन नपाउने बताईएको छ।

परिषदले भनेको छ 'पर्यटन क्षेत्र सहज रुपमा नाफा आर्जन गर्न सक्ने व्यवसाय हैन । यस क्षेत्रमा मुनाफा आर्जन गर्न सबै भौतिक पूर्वाधारहरु विदेशी पर्यटकहरु अनुकुल हुनु पर्छ । विदेशी पर्यटकहरुलाई शान्ति सुरक्षाको राम्रो अनुभूतीका साथै स्वच्छ वातावरणमा उच्च स्तरीय सेवा प्रदान गरे पश्चात उनिहरुले पाउने सन्तुष्टि नै पर्यटन तथा सेवाव्यवसायीको मुनाफा हो । शहरको वातावरणलाई पर्यटकहरुको अनुकुल बनाउँदै जान सके मात्र लगानी अनुरुप प्रतिफल प्राप्त गर्न सकिन्छ । तसर्थ यस कार्यमा नेपाल सरकारका जिम्मेवार निकायको महत्वपूर्ण भूमिका हुने छ । यस क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न व्यवसाय पेशासंग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आवद्ध सवैले कानूनको दायरामा रहेर आफ्नो व्यवसाय संचालन गरेको खण्डमा नेपालका व्यवसायले पनि अन्तराष्ट्रिय जगतमा शिर झुकाएर हैन शिर उठाएर आफ्नो व्यवसाय संचालन गर्ने वातावरणको सृजना हुनेछ भन्ने कुरामा दुई मत छैन ।'

आर्थिक क्रान्ति र ठुला सपनाले भरिएको सहर सुत्नु हुदैन भन्नें सर्वमान्य कुरालाई सम्पुर्णले आत्मासाथ गर्ने र यो अभ्यास अन्य शहरले पनि सुरु गर्ने विश्वास लिएको ठमेल पर्यटन विकास परिषद र दरबारमार्ग विकास बोर्डले जनाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved