इजरायलमाथि आक्रमण गर्ने इरानको तयारी, अमेरिका बोलेपछि फेरि युद्द चर्कने संकेत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2024 | 10:13:53 AM मा प्रकाशित

laxmi  sunrise bank

इरानले इजरायलमाथि जवाफी आक्रमण गर्ने तयारी गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानले कुनै पनि बेला इजरायलमाथि आक्रमण गर्न सक्ने बताएका हुन्। २४ घण्टादेखि ४८ घण्टासम्म इरानले जवाफी आक्रमण गर्न सक्ने अमेरिकी गुप्तचरहरुको भनाई रहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

यद्यपि राष्ट्रपति बाईडेनले इरानलाई आक्रमण नगर्न चेतावनी दिईसकेका छन् । यदि इरानले इजरायलमाथि आक्रमण गरेमा अमेरिकाले इजरायलको समर्थनमा लाग्ने र इरान असफल हुने बाइडेनले बताएका छन् । इरानले भने इरान र इजरायलबीचको द्वन्दमा नपर्न अमेरिकालाई चेतावनी दिएको छ ।

सिरियास्थित आफ्नो वाणिज्य दूतावासको भवनमा आक्रमण भएपछि त्यसको कडा प्रतिक्रिया दिने वाचा इरानले गरेको थियो। उक्त हमला इजरायलले गरेको इरानको दाबी छ । त्यो आक्रमणमा एक जना वरिष्ठ सैन्य जेनरलसहित १३ जनाको ज्यान गएको थियो।

इरानले विभिन्न मिसाइल, ड्रोन लगायतका अन्य हतियारहरु आफ्नो सिमानातर्फ लगिरहेको अमेरिकाले उल्लेख गरेको छ । इरानले इजरायल माथि आक्रमण गर्ने तयारी गरेको र अमेरिकाले इजरायलको रक्षाको लागि जुनसुकै कदम चाल्ने बताएपछि मध्यपूर्व क्षेत्रमा  फेरी युद्द चर्कने खतरा बढेको छ । फ्रान्स, इन्डिया, रसिया, पोल्याण्ड, युके लगायतका दर्जनौ देशले इजरायल र प्यालेसटाइन क्षेत्रमा यात्रा नगर्न ट्राभल एडभाइजरी जारी गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved